कैलालीमा लागू औषध ब्राउनसुगरसहित पाँच जना पक्राउ
धनगढी ।
कैलालीमा लागू औषध ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप—महानगरपालिका—४ यातायात कार्यालय अगाडिबाट २ ग्राम २ सय ५० मिलिग्राम लागू औषध ब्राउनसुगरसहित ३ जना र टिकापुर नगरपालिका—१ स्थित सडकबाट १ सय ६० मिलिग्राम लागू औषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका—५ का ३० वर्षीय नरेश खड्का, ३० वर्षीय लक्ष्मण खड्का, सोही उपमहानगरपालिका—११ का ३० वर्षीय देबेन्द्र खड्का रहेका छन् । हिजो (बुधवार) दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई लागू औषध ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
यसै गरी टिकापुर नगरपालिका—१ स्थित सडकबाट हिजो (बुधवार) साँझ सोही नगरपालिका—१ राजीपुर का २४ वर्षीय आबिनाश चौधरी र २२ वर्षीय बिक्रम चौधरीलाई इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले बा.५४ प. ४४८१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।