
दार्चुलाः दार्चुलामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन्।

जिल्लाको व्यास गाउँपालिका–२ दुम्लिङ चौराहस्थित घट्टेखोलामा घास काट्ने क्रममा जंगली जनावर चितुवाले आक्रमण गर्दा ३५ वर्षीया महिला घाइते भएकी हुन्।

घाइते महिलाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ।
