Skin_Hospital_Dhn

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ ।
आज (बिहीबार) नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.३२ अङ्कले घटेर एक हजार ९३३.३१ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५१ अङ्कले घटेर ३६४.७८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्यमा भने ओरालो लागेको छ ।

विभिन्न कम्पनीका कूल ३४ लाख दुई हजार दुई सय ६७ कित्ता शेयर रू एक अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ९३ अर्ब ४१ करोड ८७ लाख ६२ हजार दुई सय ७८ रुपैयाँ पुगेको छ ।

कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको चार करोड ९४ लाख ९२ हजार छ सय १९ रुपैयाँ बराबरको कारोबार भयो । नविल बैंक तीन करोड ९६ लाख ८३ हजार सात सय ३१ रुपैयाँ, हिमालयन डिस्टिलरी तीन करोड ८३ लाख दुई हजार पाँच सय ८५रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स तीन करोड ३० लाख तीन हजार आठ सय ६१ रुपैयाँ र सिद्धार्थ बैंकको संस्थापक शेयर दुई करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार युनिक नेपाल लघुवित्त, शुभम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिवर्टी इनर्जी ४.९८,किसान लघुवित्त ४.९३ र विन नेपाल लघुवित्तका लगानीकर्ताले ४.२५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

त्यस्तै, लक्ष्मी लघुवित्त ५.७६, नयाँ सारथी लघुवित्त ४.८०,प्रभु लाइफ इन्स्योरेन्स ४.७४,ग्रीन डेभलपमेन्ट बैंक ४.६८ र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले ४.२० प्रतिशतले शेयर मूल्य बढेको छ ।

सम्बन्धित
Loading...