Skin_Hospital_Dhn

पूर्वमन्त्री देउवाले दिए उत्तराखण्डका मुख्यमन्त्रीलाई सुदूरपश्चिम भ्रमणको निम्तो

धनगढी: सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीलाई सुदूरपश्चिम प्रदेश भ्रमणको निम्तो दिएका छन्। भारतको उत्तराखण्डमा भएको भेटघाटका क्रममा उनले मुख्यमन्त्री धामीलाई सुदूरपश्चिम भ्रमणका लागि निम्तो दिएका हुन्।

भ्रमण कार्यतालिका तय गरेर सुदूरपश्चिमका पर्यटकीय स्थलको भ्रमणमा आउन देउवाले मुख्यमन्त्री धामीलाई आग्रह गरे। यसका साथै उनले नेपालको सीमा क्षेत्रका दुई प्रदेशबीचको धार्मीक पर्यटन विकास गर्न सहकार्यको प्रस्ताव पनि गरेका छन्। सुदूरपश्चिम प्रदेश सांसदसमेत रहेका पूूर्वमन्त्री देउवाले पर्यटन विकासका लागि दुुई प्रदेशबीच सहकार्य गरेर जानुपर्ने प्रस्ताव गरे।

मुख्यमन्त्री धामी उत्तरायणी मेलाको कार्यक्रममा खटिमा आएका समयमा भाजपा युवा मोर्चा उत्तराखण्डका मन्त्री शभम् चन्दको आग्रहमा देउवा र मुख्यमन्त्री धामीबीच भेटघाट भएको थियो।

सुदूरपश्चिम र उत्तराखण्ड प्रदेशबीच कला, संस्कृति, भौगोलिकता र रहनसहन भेषभूषजस्ता विषय समान रहेकोले पनि स्थानीय स्तरमै सहकार्य तथा सुमधुर सम्बन्ध सम्बन्ध राखेर जान देउवाले मुख्यमन्त्री धामीलाई आग्रह गरेको बताए।

नेपाल र भारतबीच केन्द्रीयस्तरमा सम्बन्ध भएसँगै दुई देशिय स्थानीय छिमेकी प्रदेशबीच पनि सम्बन्ध मजबुत बनाउने कुरामा दुवै नेताबीच समझदारी भएको थियो। भेटका क्रममा उत्तराखण्डका मुख्यमन्त्री धामीले सुदूरपश्चिम प्रदेशका बारेमा आफू जानकार रहेको उल्लेख गर्दै सम्बन्ध जोड्न इच्छा व्यक्त गरेका थिए।

सम्बन्धित
Loading...