
धनगढी: कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालामा प्रथम चैतन्य विद्यार्थी महोत्सव २०८१ आजदेखि सुरु भएको छ।
चैतन्य पाठशालाको आयोजनामा सुरु भएको चैतन्य विद्यार्थी महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे। चैतन्य विद्यार्थी महोत्सव चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीको अध्यक्षतामा सुरु भएको हो।


चैतन्य पाठशालाले विगतका वर्षदेखि नै आयोजना गर्दै आइरहेको स्टिमफेयर वार्षिक खेलकुद सप्ताहलाई यो वर्ष विन्टर क्याम्प रमाइलो मेलालाई जोडेर संयुक्तरूपमा आयोजना गरेको अध्यक्ष जोशीले बताए।
शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन, प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशालाको शौक्षिक अवधारणा अघि बढिरहेको र पाठशालाले विद्यार्थीहरूको चौतर्फी विकासका लागि उक्त महोत्सव गरिएको पाठशालाका प्रधानाध्यापक कटकबहादुर सिंहले बताए।
महोत्सव आगामी माघ ५ गतेसम्म सञ्चालन हुने छ। चैतन्य विद्यार्थी महोत्सव धनगढी उपमहानगरपालिका–५ शिवनगर टोलमा जारी छ।
