
धनगढी: धनगढीको सहकारी संस्था नवजीवन सहकारी संस्थाका अध्यक्ष देवबहादुर बम राष्ट्रिय आवास विशिष्टिकृत सहकारी संघको प्रथम उपाध्यक्ष निर्वाचित भएका छन्।

शुक्रबार काठमाण्डौँमा सम्पन्न राष्ट्रिय आवास विशिष्टिकृत सहकारी संघको चौथो अधिवेशनबाट बम प्रथम उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।

देशका एक अर्ब बढी लगानी भएका ठूला २५ सहकारी रहेको राष्ट्रिय आवास विशिष्टिकृत सहकारी संघमा सुदुरपश्चिमबाट दुईवटा सहकारी आबद्ध छन्। धनगढीको नवजिवन सहकारी र किसान बहुउद्देश्यीय सहकारी संस्था सघंमा आवद्ध छन्।
अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र ४ सदस्यसहित ९ सदस्यीय समितिमा बम प्रथम उपाध्यक्ष बनेका हुन्। सघंको अध्यक्षमा बिन्दबासिनि सहकारीका पूर्वअध्यक्ष प्रदीप थपा निर्वाचित भएका भएका थिए।
