
काठमाडौं ।
आज (शुक्रबार) उपराष्ट्रपतिको लागी निर्वाचन हुँदैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरु उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएका छन् ।


राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको हिजो (बिहिवार) बसेको बैठकले आज हुन लागेको उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेपछि राप्रपाका सांसदहरु उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएका हुन् ।
यसअघि फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पनि सांसदहरुले कसैको पक्षमा मतदान गरेका थिएनन् ।
राप्रपाका १४ संघीय र २८ प्रदेशसभा सदस्य छन् ।
