
धनगढीः कैलालीमा जुवातास खेलिरहेका ११ जना पक्राउ परेका छन्।

जिल्लाको बर्दगोरिया गाउँपालिका-३ खैरेनीमा ३४ वर्षीय जीवन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा खत्रीसहित ११ जना पक्राउ परेका हुन्।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बौनियाँबाट खटिएको प्रहरी टोलीले नगद ६२ हजार ८५५ र ७ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइन्छ।
