Skin_Hospital_Dhn

कञ्चनपुरबाट तीन जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट तीनजना फरार प्रतिवादी पक्राउ परेका छन्। लागूऔषध र चेक अनादर मुद्दाका तीनजना फरार दोषी पक्राउ परेका हुन्।

लागूऔषध मुद्दामा २ महिना १६ दिन कैद सजाय तोकिएको कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँ बस्ने २९ वर्षीय मदन राना, लागूऔषध मुद्दामै २२ दिन कैद सजाय तोकिएको कञ्चनपुरको बेदकोट नगरपालिका–७ बसन्तपुर बस्ने २९ वर्षीय अजय डगौरा र चेक अनादर मुद्दामा २ हजार जरिवाना तोकिएको बेदकोट नगरपालिका–८ भासी बस्ने ४० वर्षीय वीरबहादुर शाह पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेपछि फरार रहेका तीनै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।

सम्बन्धित
Loading...