
धनगढीः कैलालीको धनगढीमा पाँचवटा स्मार्ट शौचालय बन्दैछन्। उपमहानगरपालिकाले धनगढी बजारका मुख्य स्थानहरुमा स्मार्ट सार्वजनिक शौचालय बनाउन लागेको हो।

धनगढीस्थित मुख्य चोक र बजार क्षेत्रमा लक्षित गरी चालु आर्थिक वर्षमा पाँचवटा आधुनिक सार्वजनिक शौचालय निर्माण गर्ने काम भइरहेको छ। मुख्य बजार क्षेत्रका चार स्थानमा र एउटा खुल्लामञ्च गरेर पाँचवटा आधुनिक सार्वजनिक शौचालय निर्माणको काम भइरहेको छ।

उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले निर्माणाधिन शौचालयहरु चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताए।
निर्माणाधिन स्मार्ट शौचालय ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र बालमैत्री तथा महिला र पुरुषका लागि छुट्टाएर बनाइएको छ। पाँचवटा शौचालय निर्माण गर्न सीबीआर कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको छ।
