त्रिनगर हेल्थ डेस्कमा आगलागी नयाँ सन्देश प्रकाशित मितिः २०७९ चैत्र ३, शुक्रबार ०९:०३ धनगढी । त्रिनगर हेल्थ डेस्कमा आगलागी भएको छ । कैलालीको त्रिनगर हेल्थ डेस्कमा आज (शुक्रवार) बिहान साढे ६ बजेतिर हेल्थ डेस्कमा आगलागी भएको हो । बिजुलीको तार सर्ट भै हेल्थ डेस्कको भण्डार कक्षमा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप विवरण आएको छैन ।