Skin_Hospital_Dhn

सुदूरपश्चिमका ७ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त

धनगढी: सरकारले सुदूरपश्चिमका ७ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सुदूरपश्चिमका ७ सहित ५८ जिल्लामा अध्यक्ष नियुक्त गरिएको जनाएको छ।

कैलालीमा यज्ञराज उपाध्याय, बाजुरामा जनकबहादुर रोकाया, डोटीमा डम्बरबहादुर ओली, अछाममा राम आउजी, दार्चुलामा लालसिंह धामी, बैतडीमा रमेशदत्त पाण्डेय र डडेल्धुरामा कैलासकुमार पाण्डेय भूमि आयोगको जिल्ला अध्यक्षमा नियुक्त भएका छन्।

कञ्चनपुर र बझाङमा भागवण्डा नमिलेका कारण अध्यक्षको टुंगो लाग्न बाँकी नै छ।

सम्बन्धित
Loading...