Skin_Hospital_Dhn

राष्ट्रपति पौडेलद्वारा ४ वटा अध्यादेश जारी

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न ४ अध्यादेश जारी गरेका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद्ले ५ वटा अध्यादेश जारी गर्न सिफारिस गरेकोमा राष्ट्रपतिले तीमध्य ४ वटा जारी गरेको राष्ट्रपति कार्यालय शितलनिवासले जनाएको छ।

राष्ट्रपतिले सोमबार जारी गरेका ४ अध्यादेशमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संसोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ रहेका छन्।

 

सम्बन्धित
Loading...