

बैतडीः जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा बैतडीमा एक जना घाइते भएका छन।
जिल्लाको सुर्नया गाउँपालिका–२ पनोलास्थित सतबाँझबाट लिसकिटातर्फ जाँदै गरेको से ५ प ३५७८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ च ००२२ नम्बरको जिप एकआपसमा ठोक्किदा मोटरसाइकल चालक सुर्नया गाउँपालिका–२ का २५ वर्षीय दीपक चन्द घाइते घाइते भएका हुन। घाइतेलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ।
