Skin_Hospital_Dhn

डडेल्धुरामा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

डडेल्धुरा: डडेल्धुरामा श्रीमतीको हत्या गरेका आरोपमा एक श्रीमान् पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका–३ मल्लो पथरोडाका ३२ वर्षीय डम्बर थापा मगर रहेका छन्।

डम्बरले घरायसी विवाद हुँदा आज (सोमबार) बेलुका २४ वर्षीय श्रीमती अस्मिता थापामगरलाई गोली हानेको डडेल्धुरा प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार श्रीमान्–श्रीमती बीच दैनिक झैझगडा भइरहने गरेको थियो। डम्बरले रक्सी सेवन गरी श्रीमतीलाई गोली हानेको बताइन्छ।

श्रीमतीको हत्यापछि फरार डम्बरलाई प्रहरीले जंगलबाट भरुवा बन्दुकसहित पक्राउ गरेको जनाइएको छ।

सम्बन्धित
Loading...