Skin_Hospital_Dhn

एआईजीमा बढुवा भएका केसी र कडायतको पदस्थापन

काठमाडौं: सरकारले दुईजना प्रहरी अधिकारीलाई अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा गरेको छ ।

यही शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।

‘प्रहरी नायव महानिरीक्षकहरू कुवेर कडायत र रव‍ीन्द्र केसीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय भएको छ’, उनले भने ।

सम्बन्धित
Loading...