Skin_Hospital_Dhn

युरोपा लिग : आर्सनल अन्तिम १६ बाटै बाहिरियो, म्यानचेस्टर युनाइटेड अन्तिम आठमा

आर्सनल युरोपा लिगको अन्तिम १६ बाटै बाहिरिएको छ।

घरेलु मैदान इमिरेट्स स्टेडिमयमा स्पोर्टिङ लिस्बनले पेनाल्टी सुटआउटमा बाजि मार्यो । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले भने रियल बेटिसमाथि १—० को जित निकाल्दै समग्रमा ५—१ ले विजयी रहँदै अन्तिम आठमा स्थान पक्का गर्यो ।

आर्सनल युरोपा लिगको प्रि—क्वाटरफाइनलको दोस्रो लेगमा स्पोर्टिङ लिस्बनसँग पेनाल्टी सुटआउटमा ५—३ गोल अन्तरले पराजित भयो । निर्धारित तथा अतिरिक्त समय १—१ गोलको बराबरी भएपछि समग्रमा ३—३ गोलको बराबरी हुँदा खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो ।

पेनाल्टीमा आर्सनलका मार्टिन ओडेगार्ड, बुकायो साका र लिन्ड्रो ट्रासोर्डले गोल गरे । तर गाब्रियल मार्टिनेलीले गोल गर्न सकेनन् । स्पोर्टिङका जेरीमिएह जस्टे, रिकार्डो एस्गियो, गोन्कालो इनासियो, आर्थर गोमेस र नुनो सान्तोसले गोल गरेका थिए।

त्यसअघि घरेलु समर्थकमाझ ग्रानित जाकाले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६२ औं मिनेटमा पेड्रो गोल्काल्भ्सले गोल गर्दै स्पोर्टिङलाई १—१ गोलको बराबरीमा ल्याए।

खेलको अतिरिक्त समयमा म्यानुएलले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा स्पोर्टिङ १० खेलाडीमा समेटिएको थियो । यद्यपि उसले बराबरीलाई जोगाउँदा खेल पेनाल्टी सम्म पुगेको थियो । आर्सनलले पहिलो लेगमा स्पोर्टिङसँग २—२ गोलको बराबरी खेलेको थियो।

त्यस्तै म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब रियल बेटिसमाथि १—० को जित निकाल्दै समग्रमा ५—१ को नतिजा सहित क्वाटरफाइनल प्रवेश गरेको हो । बिहीबार राति युनाईटेडको जितमा मार्कोस रासफोर्डले गरेको एकमात्र गोल निर्णायक बनेको थियो । खेलको ५५ औं मिनेटमा क्यासमिरोको पासलाई सदुपयोग गर्दै रासफोर्डले गोल गरेका थिए । यस सिजन युरोपा लिगमा रासफोर्डले ६ गोल पुरा गरेका छन् ।

युनाईटेडले गोल गर्नुअघि घरेलु टोलीले रियल बेटिसले पेनाल्टीको अवसर पाएको थियो । तर टिमका कप्तान जोकिन साको प्रहार पोस्ट बाहिर रहन पुग्यो । यसअघि पहिलो लेगमा इरिक टेन हागले ५—१ को जित दिलाएका थिए।

सम्बन्धित
Loading...