
काठमाडौं: नेपाल एपीएफ क्लबले शानदार सुरुवात गरेको छ।
नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सानदार सुरुआत गरेको हो। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशविरुद्ध १११ रनको फराकिलो जित दर्ता गरेर शानदार सुरुवात गरेको हो।


एपीएफले प्रस्तुत गरेको ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सके पछि एपीएफको पहिलो विजय यात्रा सुरु भएको हो। एपिएफका लागि करुणा भण्डारीले तीन तथा रेखा रावल, सुमन विष्ट र बिनु बुढाले समान एक/एक विकेट लिइन्।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको थियो। एपिएफका लागि ममता चौधरीले ६६ बलमा १० चौकाको मद्दतले अविजित ७८ रनको योगदान गरिन्।
यसैगरी कप्तान इन्दु बर्माले ३४ बलमा सात चौकाको मद्दतले अविजित ५२ र राजमति ऐरीले २२ रन बनाएकी थिइन् भने ममताले दोस्रो विकेटका लागि इन्दुसँग १२४ र पहिलो विकेटका लागि राजमतिसँग ५८ रनको साझेदारी गरिन्। कर्णालीका लागि एक मात्र विकेट दिक्षा पुरीले लिइन्।
