Skin_Hospital_Dhn

धनगढीमा खुल्यो ‘पोटली फुड्स’

धनगढी: कैलालीको धनगढीमा ‘पोटली फुड्स’ सञ्चालनमा आएको छ।

सुदूरपश्चिमका स्थानीय परिकारलाई आधुनिक शैलीमा पस्कनका लागि डेढ करोड बढीको लगानीमा मंगलवारदेखि पोटली फुड्स सञ्चालनमा ल्याइएको हो। कोदो, मकै, फापर लगायतका परम्परागत परिकारलाई विशेष प्राथमिकतामा राखेर सेवा दिन पोटली खोलिएको व्यवस्थापक माधव रोस्याराले बताए।

‘आधुनिक जीवनशैलीसँग मेल खाने गरी सुदूरपश्चिमको मौलिक खानालाई पुनर्जीवित गर्ने उद्देश्यले पोटली फुड्सले आफ्नो सेवा सुरु गरेको हो,’ उनले भने, ‘पोटलीले रैथाने परिकारलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने छ।’

सुदूरपश्चिमको मौलिक स्वादलाई विश्वस्तरीय बनाउने तथा स्थानीय उत्पादन र संस्कृतिको जगेर्ना गर्न पनि पोटलीले योगदान पुर्‍याउने विश्वास गरिएको छ। पोटलीमा खाना, नास्ता, चिया, कफीसंगै बार र लाउन्ज पनि रहेको बताइएको छ।

सुदूरपश्चिमका सांस्कृतिक र भाषिक पहिचानलाई झल्काउन ‘पोटली’ नाम राखिएकोमा उक्त शब्द खाजा लागि प्रयोग गरिन्छ।

सम्बन्धित
Loading...