सहिद स्मारक ‘ए’ डिभिजन लिगः जावलाखेल युथ क्लब विजयी

काठमाडौँ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जाउलाखेलले थ्रीस्टार क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । जावलाखेलको जितमा विदेशी खेलाडी एन्कोटो मासोबीले गोल गरे । उनले खेलको १६औँ मिनेटमा गरेको १ गोल नै जाउलाखेलको लागि निर्णायक गोल सावित भयो ।

Gaurishankar Dental

यस जितसँगै जावलाखेलले पाँच खेलमा दश अंक जोडेको छ । थ्रीस्टारले पाँच खेलमा सात अंक जोडेको छ । यसैगरी सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको अर्को खेलमा चर्च ब्वाइज युनाईटेड क्लब र मछिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै एक एक अंक बाडेका छन् ।

खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यस बराबरी खेलसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अंक जोडेको छ भने मछिन्द्रले ५ खेलमा ५ अंक जोडेको छ ।

सम्बन्धित
Loading...