Skin_Hospital_Dhn

सिंहदरबारमाविपक्षी दलहरूको बैठक जारी

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक जारी छ।

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आजपा र नेसपाका नेताहरु सहभागी छन्।

बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्दै मिलेर अघि बढ्ने प्रयास हुने नेताहरुले बताएका छन्। बैठकमा रास्वपाका कार्यबहादक सभापति डोलप्रसाद अर्याल, एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी छन् ।

माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी छन्।

कांग्रेस-एमाले गठबन्धन सरकारले जनप्रिय काम नगरेको विपक्षी दलहरूको आरोप छ। केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको थियो। त्यस क्रममा उनीहरूले समाजवादी मोर्चालाई सक्रिय बनाउने निर्णय गरेका थिए।

सम्बन्धित
Loading...