Skin_Hospital_Dhn

बैतडीमा भीरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु

बैतडी: बैतडीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका–८ जमाडीकी सीता विष्ट रहेकी छन्।

महिला स्वास्थ्य स्वयंसेविकासमेत रहेकी उनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बैतडी: बैतडीमा भिरबाट लडेर एक महिलको मृत्यु भएको छ। जिल्लाको मेलौली नगरपालिका–८ कोटिगाँउ जमाडीकी २९ वर्षीया स्वास्थ्य स्वयंमसेविकासमेत रहेकी सीता विष्टको मृत्यु भएको वडाध्यक्ष तपेन्द्रसिंह विष्टले जानकारी दिए।

पुस २९ गते घर नजिकै जगंलमा घाँस काट्ने क्रममा भिरबाट लडेर बिष्ट गम्भीर घाइते भएकी थिइन्। त्यसपछि उनलाई उपचारको लागि डडेल्धुरा लगिएको थियो।

डडेल्धुरामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएकी बिष्टलाई धनगढीबाट पनि अस्पतालले उपचार सम्भव नभएको भन्दै घर पठाएको पारिवारीक श्रोतले जनाएको छ ।

अचेत अवस्थामा रहेकी बिष्टलाई घर ल्याउने क्रममा मंगलबार राति बाटोमै मृत्यु भएको वडाध्यक्ष बिष्टले बताए। सीता वडा नम्बर ८ मा २०६९ सालदेदेखि स्वास्थ्य स्वयंमसेविकाको रुपमा कार्यरत रहेको आधारभूत स्वास्थ्य केन्द्र मेलौलीका प्रमुख दिपकप्रसाद बागले बताए।

मृतक बिष्टका एक छोरा र एक छोरी छन्। मृतक सीताका श्रीमान् रोजगारीको लागि भारतमा छन्।

सम्बन्धित
Loading...