Skin_Hospital_Dhn

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको लगातार दोस्रो जित

धनगढी: प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ।

कैलालीको धनगढीस्थित फाप्ला मैदानमा भएको प्रतियोगिताको चौथो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ७५ रनले पराजित गर्‍यो। सुदूरपश्चिमले जितका लागि १२८ रनको लक्ष्य दिएकोमा लुम्बिनी प्रदेश १९.१ ओभरमा सबै विकेट गुमाउँदै ५२ रनमा समेटियो।

लुम्बिनीका लागि सरस्वती पुनले १४ र कप्तान सरस्वती जिएमले १२ रन जोड्नबाहेक अन्यले दोहोरो अंक छुन सकेनन्। सुदूरपश्चिमका रेवती धामीले ३, आशिका महराले २ तथा कविता कुँवर, रितु कनौजिया करिष्मा थापा र जानकी थापाले १/१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँँदै १२७ रन बनाएको थियो। उसका लागि कविता कुँवरले ५५ र मनिषा बोहराले २३ रन बनाए। लुम्बिनीका सरस्वती पुनले ३ तथा सम्झना मगर र मधु डिसीले १/१ विकेट लिए। बुधबार भएको पहिलो खेलमा भने एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेको थियो।

सम्बन्धित
Loading...