Skin_Hospital_Dhn

बैतडीका राजेन्द्र भारतमा अस्ताए, मोटरसाइकले दिएको थियो ठक्कर

बैतडी: भारतमा मोटरसाइकलले ठक्कर दिँदा बैतडीका एक युवकको मृत्यु भएको छ। जिल्लाको शिवनाथ गाउँपालिका–३ सकराका २४ वर्षीया राजेन्द्रसिंह साउँदको भारतमा मृत्यु भएको उनका भाउजु अहिल्या ठकुराठीले बताए।

भारतको हरियाणा राज्यको एक होटलमा काम गर्दै आएका साउँदको मंगलबार राति मृत्यु भएको परिवारले जनाएको छ। ड्युटी सकेर करिब ९ बजे कोठा जाँदै गर्दा बाटो काट्ने क्रममा साउँदलाई मोटरसाइकलले ठक्कर दिएको उनका भाउजु ठकुराठीले बताए।

घटनास्थलमै ज्यान गुमाएका साउँदको मृत्युले परिवार शोकमा डुबेको । मृतक साउँद घरका जेठा छोरा हुन् भने उनका एक भाई, एक बहिनी र आमा घरमा छन्। मृतक साउँदका बुवापनि रोजगारिकै सिलसिलामा भारतमै छन्।

छोराको मृत्युको खबर सुनेपछि बुवा घटनास्थल पुगेका थिए। मोटरसाइकलले ठक्कर दिने ब्यक्तिको पहिचान भने हुन सकेको छैन। घटनाको छानबिन गरि दोषीलाई कारबाहीको माग गरिएको छ।

सम्बन्धित
Loading...