Skin_Hospital_Dhn

आज देखि लागु हुने गरि पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि टेलिकमको अफर

काठमाडौँ ।
आज (शुक्रबार) देखि लागू हुने गरी नेपाल टेलिकमले नयाँ प्याकेज उपलब्ध गराएको छ । टेलिकमले नयाँ अफरको रुपमा “सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६” प्याकेज उपलब्ध गराएको हो ।

नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुने कम्पनीले जनाएको छ । ६३६ रुपैयाँमा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने टेलिकमले जनाएको छ । यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध छ ।

त्यसैगरी प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2# डायल गर्नुपर्ने छ । साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । कम्पनीले यस अफरबाट ग्राहकहरुले लाभ लिने अपेक्षा राखेको छ ।

सम्बन्धित
Loading...