
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ।
आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलको मूल्य ३ रुपैयाँ ५५ पैसा बढेर आएकाले मूल्य समायोजन गरिएको हो।
मूल्य बढेसँगै अब काठमाडौँमा पेट्रोलको मूल्य १६५ र डिजेल तथा मट्टितेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ।
