काठमाडौँ ।
प्रधानमन्त्री प्रचण्ड उपराष्ट्रपति निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएपछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् । प्रचण्ड आज (शुक्रबार) साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् ।
भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री र राष्ट्रपतिबीच यो पहिलो भेटवार्ता हो ।
पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । यस्तै शुक्रबार उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।