
धनगढीः कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ रामजानकी मन्दिर नजिक, गोदावरी नगरपालिका–४ गोदावरी वनदेबि मन्दिर नजिक र टीकापुर नगरपालिका–९ बालुवाटार स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ८८ हजार ८७० बराबरको सामान बरामद गरिएको हो।


उक्त स्थानबाट बिडी, सुर्ती, मेहेन्दी, स्याम्पु, मसाला, साडी, चाउमिन, प्लाष्टिक झिल्ली, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ५१ हजार ७ सय मूल्य बराबरको बरामद गरिएको छ।
भन्सार छलीका थान कपडा, साडी, हार्डवेयर, साईकल लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
