Skin_Hospital_Dhn

अछाममा अवैध क्याप्सुलसहित चार युवक पक्राउ

अछामः अछाममा अवैध क्याप्सुलसहित चार युवक पक्राउ परेका छन्।

मंगलसैन नगरपालिका–५ मंगलसैन बजारबाट सोही ठाउँ बस्ने २२ वर्षीय प्रकाश विक, २२ वर्षीय अर्जुन सुनार, २२ वर्षीय कर्ण प्रसाद ढुङ्गाना र १९ वर्षीय अर्जुन सुनार पक्राउ परेका छन्।

उनीहरुलाई चेकजाँच गर्दा प्रकाशको साथबाट ट्रामाडोल–४२ क्याप्सुल, प्रिगाभा–८ क्याप्सुल, ईभा ५ क्याप्सुल र अर्जुन सुनारको साथबाट प्रिगाम्लिन ७४ क्याप्सुल बरामद भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

चारै जनालाई जिल्ला प्रहरी कार्यालय अछाम र प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित
Loading...