Skin_Hospital_Dhn

धनगढीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

धनगढीः धनगढीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-१ अदालत रोडबाट सोही ठाउँ बस्ने २५ वर्षीय किरण नेपाली र २५ वर्षकै बसन्त परियार पक्राउ परेका हुन्।

दुबै जनालाई १९० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।

सम्बन्धित
Loading...