
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कबाट बैतडीको सिगास गाउँपालिका–३ बस्ने २६ वर्षीय जनकसिह ढाँटलाई ० दशमलव १२ ग्राम लागूऔषधसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी बिट बसपार्क, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
