Skin_Hospital_Dhn

दार्चुलामा बस र जिप ठोक्किए

धनगढी: दार्चुलामा बस र जिप एकआपसमा ठोक्किएका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका–८ थकतोलीमा बिहीबार  बिहान बस र जिप आपसमा ठोकिएका हुन।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाले ना ८ ख ६१३१ नम्बरको बस र सदरमुकामबाट गोकुलेश्वर जाँदै गरेको से १ ज १११० नम्बरको जिप एकआपसमा ठोक्किएका जनाएको छ।

दुर्घटनाबाट मानवीय क्षति भएको छैन। बस र जिपमा सामान्य क्षति भएको प्रहरीले बताएको छ

सम्बन्धित
Loading...