Skin_Hospital_Dhn

बाजुरामा रुखबाट खसेर शिक्षिकाको मृत्यु

बाजुरा: रुखबाट खसेर बाजुराकी एक शिक्षिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्याय रहेकी छन्।

डालेघाँस काट्ने क्रममा हाँगा भाँच्चिएर उनको घटनास्थमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता थिइन्।

सम्बन्धित
Loading...