काठमाडौँ ।
मुलुकभर आज (शनिबार) मौसममा आंशिकदेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
काठमाडौँ उपत्यकासहित देशका केही भू–भागमा आज हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वाअनुमान महाशाखा अनुशार काठमाडौंसहित देशका पहाड र तराई–मधेशका केही क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, मधेश र बागमती प्रदेशका एक दुई स्थानमा वर्षाको सम्भावना छ।
