Skin_Hospital_Dhn

चैत १० गतेभित्र पुष्पकमल दाहाल नेतृत्वको सरकारले पुर्णता पाउने

काठमाडौँ ।
चैत १० गतेभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड) नेतृत्वको सरकारले पुर्णता पाउने भएको छ ।

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग हिजो संससद भवनमा भएको छलफल पछि चैत १० गते भित्र सरकारलाई पुर्णता दिने बारेमा छलफल गरेका छन् ।

प्रधानमन्त्री दाहालले आफूले चैत्र ६ गते विश्वासको मत लिने र चैत १० गते भित्रमा सरकारले पूर्णता पाउने गरी छलफल सुरू गरेका हुन् । ‘विश्वासको मत लिए पछि सरकारलाई पूर्णता दिने गरी छलफल अघि बढेको छ,’ लगानी बोर्डको बैठक पछि प्रधानमन्त्री दाहालले भने, ‘ विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता पाउनेछ,’ दाहालले भने । उनका अनुसार सत्ता साझेदार दलसँग छलफल गरेर मन्त्रीमण्डल विस्तारका लागि भागबन्डा गर्ने कार्य विश्वासको मत लिए पछि अघि बढ्नेछ ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारवाट बाहिरिए पछि एक दर्जन भन्दा बढी मन्त्रालय रिक्त रहेका छन् । तीन पार्टीले छाडेका मन्त्रालय रिक्त भए पछि सरकारी काम कारबाही सहज ढंगले अघि बढन सकेको छैन ।

तीनवटा पार्टी सरकारवाट बाहिरिए पछि प्रधानमन्त्री दाहालले वन तथा वातावरण , युवा तथा खेलकुद, गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालिरहेका छन् ।

सम्बन्धित
Loading...