अछाममा आलागीबाट ६ लाखको क्षति नयाँ सन्देश प्रकाशित मितिः २०८१ माघ ४, शुक्रबार १७:१८ अछामः अछाममा आलागीबाट ६ लाखको क्षति भएको छ। जिल्लाको ढकारी गाउँपालिका–६ मालुमेलाका मने बुढाको घरमा शुक्रबार बिहान आगलागी हुँदा ६ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उक्त आगलागीबाट बुढाका २ वटा बाख्रा र तीन कुखुरा समेत मरेको जनाइएको छ।