
धनगढी: कैलालीको अत्तरियाबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन्।

शनिवार साँझ गोदावरी नगरपालिका–१ धनगढीमा रहेको भोले फ्रुट्स सप्लायर्स सञ्चालक बैतडीको पाटन नगरपालिका–८ का २९ वर्षीय जगदीश भट्ट पक्राउ परेका हुन्।

उनलाई लागूऔषधको कारोबार गरिरहेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
उनको साथबाट ७३ ग्राम ८४० मिलिग्राम लागूऔषध (चरेस) जस्तो देखिने पदार्थ बरामद गरिएको बताइन्छ।
