Skin_Hospital_Dhn

घरबाट खलंगा दार्चुला जान्छु भनेर हिँडेका बडाल मृत फेला

दार्चुला” दार्चुलामा एक पुरुषको शव फेला परेको छ।

दुहुँ गाउँपालिका–२ हिकिलाका ४६ वर्षीय हर्कसिंह बडाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्तीराज जोशीका अनुसार जिल्लाको दुहुँ गाउँपालिकामा–५ सुतखोला, थाममा उनको शव फेला परेको हो।

बिहीबार घरबाट सदरमुकाम खलंगा जान्छु भनेर हिँडेका बडाल शनिबार दिउँसो मृत फेला परेका हुन्। शव भेटिएको ठाउँको प्रकृति हेर्दा भीरबाट लडेको हुन सक्ने अनुमान गरिएको छ। पूर्ण विवरण आउन बाँकी रहेको बताइन्छ।

सम्बन्धित
Loading...