Skin_Hospital_Dhn

स्ववियु निर्वाचन : आज बिहान ८ बजेदेखि मतदान

काठमाडौं ।
आज त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि मतदान हुँदैछ। त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।

त्रिभुवन विश्वविद्यालयले देशभरका क्याम्पसमा बिहान ८ बजेदेखि मतदान देखी साँझ ४ बजे भित्रमा मतदान सम्पन्न हुने गरी कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।

पहिलोपटक स्ववियु नेतृत्व मिश्रित निर्वाचन प्रणालीमार्फत आउने छन् । जसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर नेतृत्वमा पुग्नेछन् ।

सम्बन्धित
Loading...