
धनगढी: सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई कारबाही गर्न सिफारिस गरिएको छ।

शनिबार बसेको नेकपा एमाले कैलालीको सचिवालय बैठकले पार्टीको निर्णयविरुद्धका गतिविधिमा संलग्न भएको पाइएको भन्दै दुवैलाई साधारण सदस्यबाट समेत हटाउन सिफारिस गरेको हो।

नेकपा एमाले कैलालीका सचिव ममताप्रसाद चौधरीका अनुसार एमालेबाट कारबाहीमा परेका भीम रावलको स्वागतमा धनगढी विमानस्थलमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको विषय उठेको र त्यसप्रति खेद प्रस्तावसमेत पारित गरिएको छ।
एमाले कैलालीले कारबाहीका लागि सिफारिस गरेका सुवेदीद्वय नातामा बाबुछोरा हुन्। दुवै भीम रावलनिकट मानिन्छन्।
