Skin_Hospital_Dhn

केन्द्रीय कार्य सम्पादन समिति कांग्रेसको बैठक बस्दै

काठमाडौँ ।
केन्द्रीय कार्य सम्पादन समिति नेपाली कांग्रेसको बैठक आज (आइतबार) बस्दैछ । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल हुने बताइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान साढे १० बजे बस्ने तय भएको छ ।

प्रधानमन्त्री प्रचण्डले भोली (सोमबार) विश्वासको मत लिन लागेका छन् । त्यसबारे छलफल गर्न कांग्रेसको संसदीय दलको बैठक मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने छ ।

सम्बन्धित
Loading...