Skin_Hospital_Dhn

कञ्चनपुर पुगेका गृहमन्त्री लेखकले भने- गठबन्धन ०८४ को चुनावसम्म रहन्छ

कञ्चनपुर: गृहमन्त्री रमेश लेखकले विदेशी लगानी भित्र्याउन र देशभित्रै पनि लगानीको वातावरण बनाउन अध्यादेश ल्याइएको बताएका छन्।

उद्योगी व्यवसायीहरूले वर्षौदेखिे काूननी जटिलताका कारण लगानीको वातावरण नबनेको भन्दै गर्दै आएको माग समेटेर लगानीको वातावरण बनाउन अध्यादेश ल्याएको उनले बताए।

चाँडै संघीय संसदको अधिवेशन बोलाएर पहिलो बैठकमै अध्यादेश प्रस्तु गरिने उनले बताए। ‘अध्यादेश आएपछि उद्योगी व्यवसायीहरुले धन्यवाद नै दिएका छन्,’ आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखकले भने, ‘सदन आह्वान गर्ने बेला अध्यादेश आयो भनेर प्रक्रियाग हिसाबमा थोरै विमतिका स्वर सुनिएका छन्। सरकार छिट्टै सदन बोलाउने तयारीमा छ। पहिलो दिनमै अध्यादेश प्रस्तुत हुन्छ।’

आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा एमाले मिलेको उनले बताए। नेपाली कांग्रेस र नेकपा एमालेकाबीचमा भएको ७ बुँदे सहमतिअनुसार सरकार चल्ने उनको दाबी थियो।

‘हाम्रा बीचमा कुनै समस्या छैन। बेला बेलामा विभिन्न खालका हल्लाहरु सुन्ने गरिन्छ। तर हामीबीच कुनै जटिलता छैन,’ उनले भने, ‘यो समीकरण ०८४ सालको चुनावसम्म कायम रहन्छ।’

प्यालिष्टिनी विद्रोही संगठन हमासको बन्धकमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका विपिन जोशीको रिहाइको लागि पहल भइरहेको उनले बताए।

‘विपिन सकुसल रहेको सरकारले जानकारी प्राप्त गरेको छ। रिहाइको लागि सरकार अत्यन्त गम्भीर रुपले लागिरहेको छ,’ उनले भने, ‘अहिले युद्ध विराम भएको स्थितल विपिनलाई हामी सकुसल घर फर्काउन सक्छौँ भन्ने विश्वासमा छौँ।’

महाकाली पुल आयोजना भीमदत्त र दोधारा चाँदनीलाई जोड्न मात्र नभएर नेपाल, भारत र चिनलाई जोड्ने र कञ्चनपुरलाई केन्द्र बनाउने किसिमले अघि बढेको मन्त्री लेखकले बताए।

सरकारले समयमै बलियो संरचना बनाएर बाढीबाट आयोजना र मानवबस्तीमा हुने क्षतिलाई रोक्न काम गर्ने उनले बताए। गृहमन्त्री लेखक र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालसहित प्राविधिक टोलीले शनिबार महाकाली पुल आयोजनाको स्थलग अनुगमन गरेको थियो।

‘धेरै लामो समय भइसक्यो, कामले पूर्णता पाएको छैन। केही काम अझै बाँकी छ। बर्खाको बाढीले बाँधमा नोक्सान हुने खतरा छ,’ उनले भने, ‘बाढीले पुल योजना र महाकाली बस्ती पसेर जनधन क्षति हुने हुनाले यसलाई समयमै बनाएर क्षति हुन नदिन बलियो संरचना बनाउन सरकारले काम गर्छ।’

दोधारा चाँदनीमा चाँडै सुख्खा बन्दरगाह निर्माणको काम अघि बढ्ने मन्त्री लेखकले बताए। उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र इन्टरमोडलबीच रुख काट्ने सम्झौता भइसकेको छ। दुई तीन महिनाभित्र सुख्खा बन्दरगाह निर्माणको काम अघि बढ्ने उनको दाबी छ।

‘जग्गा बापत वन मन्त्रालयलाई सरकारले दिनुपर्ने बजेट दिइसकेको छ। रुख कटानको काम अन्तिम चरणमा पुगेको ,’ उनले भने, ‘अबको केही समयपछि रुख कटान गरेर ड्राइपोर्टलाई चाहिने जग्गा खाली गर्छौ। भारतले चाँडै टेन्डर गरेर काम अगाडि बढाउने कुरा गरेको छ। दुई तीन महिनाभित्र यो काम प्रारम्भ गर्छौ।’ महाकाली करिडोर पूर्णता र मझगाउँ विमानस्थल सञ्चालनका प्रयत्न जारी रहेको उनले बताए।

सम्बन्धित
Loading...