Skin_Hospital_Dhn

स्ववियु निर्वाचन : आज कैलालीका ९ क्याम्पसमा मतदान हुदै

धनगढी ।
करिब १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन आज (आईतबार) कैलालीका ९ क्याम्पसमा हुदैछ । निर्वाचनका लागि मतदानको समय बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्धारण गरिएको छ।

आज ऐश्वर्य बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, बुलबुले बहुमुखी क्याम्पस, राष्ट्रिय कलेज सुखड, घोडाघोडी बहुमुखी क्याम्पस, लम्किचुहा बहुमुखी क्याम्पस, मोहन्याल बहुमुखी क्याम्पस र रघुनाथ बहुमुखी क्याम्पसमा निर्वाचन हुन लागेको हो।

आज हुने स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन् ।

सम्बन्धित
Loading...