Skin_Hospital_Dhn

खो खो विश्वकप : नेपाली महिला टोली बन्यो उपविजेता

काठमाडौं: नेपाली महिला टोली पहिलो खो खो विश्वकपमा उपविजेता बनेको छ। नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी इन्डोर हलमा आइतबार भएको फाइनलमा नेपाल आयोजक भारतसँग ७८–४० ले पराजित भयो।

भारतले अपराजित रहँदै उपाधि जितेको हो। नेपाली महिला टोलीले पहिलो विश्वकप सहभागितामै रजत जितेर इतिहास रचेको छ। नेपालले सेमिफाइनलमा युगान्डालाई ८९–१८ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

महिला खो खो टोली सरस्वती कडायतको कप्तानीमा विश्वकप खेलेको हो। टोलीमा मानमती धामी, पूजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी बिक,खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले छन्।

महिला टिम प्रशिक्षकमा लक्ष्मीनारायण बैद्य हुन्। नेपालको पुरुष टोलीले पनि आजै भारतसँग उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्दैछ।

सम्बन्धित
Loading...