Skin_Hospital_Dhn

बैतडीका रमेशको भारतमा निधन

बैतडी: सडक दुर्घटनामा परेर बैतडीका एक युवकको भारतमा निधन भएको छ ।

जिल्लाको पाटन नगरपालिका–४ चिल्लेपानी घर भएका २५ वर्षीय रमेश लुहारको सडक दुर्घटनामा परेर मृत्यु भएको पाटन नगरपालिका–४ का वडा सदस्य लोकबहादुर ऐरले बताए।

भारतको गुजरातमा आफैंले चलाउँदै गरेको बस शनिबार राति दुर्घटना हुँदा रमेशको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका रमेशलाई आइतबार बिहान चिकित्सकले मृत घोषणा गरेका थिए।

सपरिवार गुजरातमा बस्दै आएका मृतक रमेशको घरमा श्रीमती, दुई वर्षीय छोरी र एक वर्षीय छोरा रहेका छन्। उनका आमाबुवा समेत उनीसंगै बस्दै आएका बताइएको छ। रोजगारीको सिलसिलामा भारतमा रहेका रमेशको कलिलो उमेरै निधन भएपछि उनको परिवार शोकमा डुबेको छ।

सम्बन्धित
Loading...