Skin_Hospital_Dhn

चितवनको सडकमा युवकमाथि लात्ती बर्साउने असई निलम्बित

चितवन: चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा एक युवकमाथि लात्ती बर्साउने जुनियर प्रहरी अधिकृत निलम्बित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् एसपी गौतम मिश्रले युवकलाई सडकमै लात्ती बर्साउने प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरिएको हो ।

युवकलाई भुजेलले लात्ती बर्साएको भिडियो एक प्रयोगकर्ताले फेसबुकमा हालिदिएपछि भाइरल भएको थियो । त्यसपछि प्रहरीको देशब्यापी विरोध भएको थियो।

प्रहरीले अनुसन्धानका क्रममा अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत भुजेलले गत पुस १५ गते राति भरतपुरस्थित बाइपास रोडमा ती युवकलाई निर्घात कुटपिटसहित लात्ती बर्साएका थिए।

उक्त भिडियो गयरातिदेखि भाइरल भएपछि चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।

छानबिनका क्रममा पुस १५ गते राति चेकिङमा खटिएका असई भुजेलले ‘माथिको पावर देखाएको’ र ‘फोन गरेको’ भन्दै लात्तीले हानेर ती युवकलाई सडकमा लडाएका थिए । सडकमा लडेका ती युवकमाथि उनले निरन्तर लात्ती बर्साएका भिडियोमा देखिएको छ ।

प्रहरीले बाइपास सडकखण्डमा राति मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा घटना भएको हो । मोटरसाइकल रोकेको अवस्थामा असई भुजेलले ‘फोन गर्ने ?’, ‘माथिको पावर लगाउने ?’ भन्दै ती युवकलाई लात्ती बर्साएका थिए ।

प्रहरीले कुट्न थालेपछि चेकजाँच हुने स्थानबाट केही पर पुगेका ती युवकलाई दौडिँदै गएर भुजेलले लात्ती हानेर ढालेका थिए । लात्तीले हानेर बिजुलीको पोल छेउमा ती युवकलाई ढालेपछि असई भुजेलले लात्ती बर्साएका थिए ।

एसपी गौतम मिश्रले घटनाबारे छानबिन अघि बढिसकेकाले गल्ती गर्नेलाई नियमअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताइसकेका छन् ।

सम्बन्धित
Loading...