Skin_Hospital_Dhn

धनगढी उप—महानगरपालिका टोलटोलमा सरसफाई समिति गठन गर्दै

धनगढी ।
धनगढी उप—महानगरपालिकाले सफा र सुन्दर धनगढीको परिकल्पना गर्दै टोलटोलमा ‘टोल सरसफाई समिति’ गठन गरेर ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियानलाई तीव्र पारेको छ।

उप(महानगरभित्रका हरेक वडाभित्रका टोलटोलमा सरसफाई टोल समिति नै गठन गरेर सफा र सुन्दर धनगढी बनाउने काम भइरहेको हो ।

उप—महानगरभित्रका हरेक वडाभित्रका टोलटोलमा सरसफाई टोल समिति नै गठन गरेर सफा र सुन्दर धनगढी बनाउने काम भइरहेको हो । समाजिक परिचालक जानकी ताम्राकारको नेतृत्वमा वडा न.९ लालिगुराँस टोलमा चौफेरी ताल नजिक सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

यसअघि सामाजिक परिचालिका पशुपति सुवेदीको नेतृत्वमा वडा नम्बर ६ नजरियामा सरसफाई समिति गठन गरेर फोहोरको वर्गीकरण गर्ने विषयमा छलफल, वडा नम्बर ७ को भानु चोकमा सामाजिक परिचालिका विन्दु केशीको नेतृत्वमा सरसफाई कार्यक्रम सम्पन्न, वडा नम्बर ९ शिवरामनगर टोलमा सामाजिक परिचालिका जानकी ताम्राकारको नेतृत्वमा फोहोर वर्गीकरण सम्वन्धित छलफलको आयोजना वडा नम्बर १२ मा सामाजिक परिचालिका अनिता भट्ट ओझाको नेतृत्वमा, वडा नम्बर १२ ‘ए’ गाउँ दुर्गा र कालिका टोलमा सरसफाई गरिनुका साथै फोहोर वर्गीकरण सम्वन्धित छलफल वडा नम्बर ६ मा सामाजिक परिचालिका पशुपति सुवेदीको नेतृत्वमा एकता टोल र सुर्यादय टोलमा सरसफाई समिति गठन गरेर फोहोरको वर्गीकरण विषयमा छलफल वडा नम्बर १८ मा सामाजिक परिचालिका रामप्रसाद रानाको नेतृत्वमा नक्लिपुर टोललाई प्लाष्टिक मुक्त टोल बनाउन सरसफाई तथा फोहोरलाई स्रोतमा वर्गीकरणका लागि अभियान सञ्चालन वडा नम्बर ११ को जोखैया टोलमा पनि टोल विकास समिति र सरसफाई समिति गठन, वडा नम्बर २ मा सामाजिक परिचालिका निर्मला खड्का रावलको नेतृत्वमा सरस्वती नगरमा रहेको भवानी टोल विकास संस्था र सरसफाई समितिले हुलाकी सडकमा रहेको फोहोर सरसफाई गर्ने काम भएको, वडा नम्बर १० जुगेडा गाउँको भगत टोलमा पनि सरसफाई समिति गठन गरेर सफाई गर्ने काम भएको थियो ।

त्यस्तै धनगढी–१२ सरसफाई समिति गठन भएर ‘बी’ गाउँ उद्यमशिलता टोलमा सरसफाई गरिएको छ। त्यस्तै धनगढी–७ को जाखोर ताल परिसरमा सामाजिक परिचालिका विन्दु केशीको नेतृत्वमा सरसफाई समिति नै गठन भएर सरसफाई गर्ने काम भएको छ। त्यस्तै सामाजिक परिचालक रामप्रसाद रानाको नेतृत्वमा धनगढी–१९ को २६ नम्बर टाउनमा दुईवटा सरसफाई समिति गठन गरिएको उप—महानगरपालिकाले जनाएको छ । उप—महानगरपालिकाले यसरी हरेक वडा मात्र नभएर हरेक टोलमा सरसफाई समिति नै गठन गरेर दिर्घकालिन रुपमा फोहोर व्यवस्थापनका लागि काम गर्दै आएको छ।

सम्बन्धित
Loading...