
धनगढी: नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनार मोटरसाइकलको ठक्करबाट घाइते भएका छन्।

सोमबार मेन रोड धनगढी मुख्यमन्त्री कार्यालय अगाडि धनगढी २ सन्तोषी टोल बस्ने सन्देश राईले चलाएको सुप प्र ०१०१२ प ३९३६ नम्बरको मोटरसाइकलले सुनारलाई ठक्कर दिएको हो। सुनारलाई बाटो काट्ने क्रममा मोटरसाइकलले टक्करबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कवीन्द्रसिंह बोहराले जानकारी दिए।

सचिव सुनारको दाहिने हात भाँच्चिएको छ भने टाउको र अर्को हातमा पनि गम्भीर चोट लागेको छ। उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल र चालक प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता बोहराले जानकारी दिए।
