
डोटी: डोटीमा जिप दुर्घटना भएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका-३ धुलाचौरस्थित भित्री सडक खण्डमा गएराति बोलेरो जिप दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्।

दिपायलबाट कानाचौरतर्फ जाँदै गरेको से १ ज ८३८ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकबाट करिब २० मिटर तल खसेको जनाइएको छ।

दुर्घटनामा परि बोगटान फुड्सिल गाउँपालिका-३ कानाचौर निवासी ३० वर्षीया ज्ञानकुमारी बोहरा र सप्तरी कंकाली नगरपालिका-४ निवासी २४ वर्षीया काजल मण्डल घाइते भएका छन् ।
घाइतेहरूलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ। जोरायल डोटी घर भएका बोलेरोका चालक अर्जुन मल्ल सामान्य घाइते भएका छन्। उनको पनि उपचार भइरहेको जनाइएको छ।
