धनगढीमा लागूऔषधसहित युवक पक्राउ नयाँ सन्देश प्रकाशित मितिः २०८१ माघ ८, मंगलवार ०८:२८ फाइल तस्विर धनगढी: कैलालीको धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। सोमबार राती धनगढी उपमहानगरपालिका– १३ झलारी गाउँबाट स्थानीय २७ वर्षीय खेमराज राना पक्राउ परेका हुन्। उनको साथबाट १४० मिलिग्राम लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।